दफा ११ङ
नाप नक्सा गर्ने अनुमतिपत्र दिन सक्ने
(१) नेपाल सरकाररले कुनै व्यक्ति वा संस्थालाइ यस ऐन बमोजिम गरिएको नाप जाँचको अधीनमा रही तोकिए बमोजिमको नाप नक्साको काम गर्न अनुमतिपत्र दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अनुमतिपत्र दिंदा लाग्ने दस्तुर, अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले पालन गर्नु पर्ने शर्त तथा तत्सम्बन्धी अन्य कुराहरु तोकिए बमोजिम हुनेछ ।